काठमाडौं । नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गतको नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रति इकाई मूल्य १०० रुपैयाँ कायम भएको क्रम संख्या १ देखि २०,००,००,००० सम्मका कुल २०,००,००,००० इकाई सामूहिक लगानी कोष नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई सूचिकृत भएको हो ।
कम्पनीले सर्वसाधारण समक्ष नेपाल लाइफ क्यापिटल लिमिटेड मार्फत् सामूहिक लगानी कोष इकाई खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी वितरण गरिएको २०,००,००,००० सामूहिक लगानी कोष इकाई वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम फागुन २८ गतेको निर्णयानुसार सूचीकरण गरिएको जनाएको छ । सो म्युचुअल फण्ड भोलि चैत ३ गते देखि कारोवार शुरु हुनेछ ।


