CLI

नाडाको नवनिर्बाचित केन्द्रीय कार्य समितिले गर्यो पदभार ग्रहण

काठमाडौं ।अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को  नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ।

अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको बैठकले नाडाको विधान २०७१ (संशोधनसहित) अनुसार हालै सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारी चयन गर्दै नयाँ कार्यसमितिलाई पूर्णता दिएको हो। उक्त निर्वाचन २०८२ पुस २५ गते काठमाडौंमा सम्पन्न भएको थियो।

नयाँ कार्यसमितिको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती चयन भएका छन् भने निवर्तमान अध्यक्षमा करणकुमार चौधरी रहेका छन्। संस्थागत उपाध्यक्षमा मन्द भण्डारी र गणेशप्रसाद भट्टराई तथा उपाध्यक्षमा विक्रम सिंघानिया र अञ्जित ज्योति चयन भएका छन्।

त्यस्तै महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंकज अग्रवाल र सहकोषाध्यक्षमा निर्मणी पाठक रहेका छन्।

संस्थागत सदस्यहरूबाट प्रदेश सदस्यका रूपमा दिलीपराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुकार ओझा चयन भएका छन्।

साधारण सदस्यतर्फ अनुपकुमार बराल, तेजनाथ खनाल, दीपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नवीनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुर, विकास जोशी र विमल साह चयन भएका छन्।

यसैगरी अध्यक्षबाट दीपककुमार अग्रवाल, महेश पाल र राजेन्द्रप्रसाद गिरीलाई सदस्यमा मनोनयन गरिएको छ।

यसै अवसरमा नाडाले पूर्व अध्यक्षहरूको सम्मानमा भेटघाट तथा छलफल कार्यक्रमसमेत आयोजना गरेको जनाएको छ।

Leave Your Comment

Related News