काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले ग्राहक सेवा प्रवर्द्धन गर्दै नयाँ वर्ष २०८३ को अवसरमा डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ। नेपाल पंचाङ्ग निर्णायक समितिबाट स्वीकृत यो क्यालेन्डरमा आगामी वर्षका विदा, पर्व, मुहूर्त तथा अन्य महत्त्वपूर्ण जानकारी समावेश गरिएको छ।
कम्पनीले डिजिटल क्यालेन्डर सहज रूपमा प्राप्त गर्नका लागि क्यूआर कोड पनि सार्वजनिक गरेको छ। क्यूआर कोड स्क्यान गरेर प्रयोगकर्ताले क्यालेन्डर हेर्न र डाउनलोड गर्न सक्नेछन्।
नेको इन्स्योरेन्सले विगतदेखि विभिन्न विद्यालय, कलेज र समुदायमा बीमा सचेतना कार्यक्रम तथा अभिकर्ता तालिम सञ्चालन गर्दै आम जनमानसलाई बीमाबारे सुसूचित गर्दै आएको छ। कम्पनीले यस पहलमार्फत ग्राहकलाई आधुनिक र सहज सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको बताएको छ।


