CLI

एनआईसी एशिया बैंकका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलको सेवामा १५ प्रतिशत छुट 

काठमाडौं । एनआईसी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच बैंकका ग्राहकहरु तथा स्तुपा स्वास्थ्य सेवाका शेयर होल्डरहरुलाई विभिन्न सेवा प्रदान गर्ने विषयमा समझदारी भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सर्कल हेड- सुदिन कुमार लामा र हस्पिटलका तर्फबाट निर्देशक डा. पेम्बा लामाले हस्ताक्षर गरेका छन् ।

यस समझदारीसँगै बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवाहरुमा १५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ भने स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा अन्य शेयर होल्डरहरुले यस बैंकको क्रेडिट कार्डमा उपलब्ध सेवाहरु प्राप्त गर्नेछन् । साथै, थप सेवा सुविधाको लागि स्तुपा कम्युनिटी हस्पिटल परिसरमा यस बैंकको एटिएम सेवा संचालन गर्ने समझदारी पत्रमा उल्लेख छ । 

Leave Your Comment

Related News