CLI

२४.४५ अंकले घट्यो नेप्से, बढ्यो कारोबार रकम

काठमाडौं । बुधबार  नेप्से परिसूचक २४.४५ अंकले घटेको छ । बजार  २९३५.९४ विन्दुमा पुगेर भन्द भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.५४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४६ अंक र सेन्सेटिभ इण्डेक्स २.२६ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन मंगलबार १४ अर्ब ८३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको १ लाख ३८ हजार २५६ पटकको कारोबारमा १५ अर्ब ९ करोड ४ लाख १६ हजार रुपैयाँबराबरको ३ करोड ५८ लाख १९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन २ उपसमूह बढेको छ भने ११ वटा घटेका छन् । यस दिन व्यापार समू  ३.४५ प्रतिशत बढेको हो भने उत्पादन तथा प्रशोधन ०.४८ प्रतिशत बढेको छ।  विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन ५ स्टकको सेयर १० प्रतिशतले बढेको छ ।  रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर, सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर पहिलो स्थानमा रहेको छ। कम्पनीको यस दिन ५२ करोड ४७ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै, अपि पावर कम्पनीको ५१ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम साढे ४७ करोड रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News