काठमाडौं । नेपाल उधोग बाणिज्य महासङघका अध्यक्ष चन्द्र ढकालले बालेन सरकारको पहिलो मनत्रीपरिषद बैठकबाट निर्णय गरि ल्याएको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको स्वागत गरेका छन् ।
उनले मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेर शुक्रबार सार्वजनिक भएको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीले मुलुकको शासन प्रणालीलाई परिणाममुखी, पारदर्शी र उत्तरदायी बनाउँदै निजी क्षेत्रसँगको सहकार्यमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी तथा राजस्व वृद्धि गर्दै मुलुकलाई आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि बढाउन महत्वपूर्ण आधार तयार गरेको जनाएका छन् ।
उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखदै यस्तो बताएका हुन् उनले भनेका छन्
सरकारले नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) ले लामो समयदेखि उठाउँदै आएको निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति (PSPP) पारित गरेकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। यो निर्णय निजी क्षेत्रका लागि अत्यन्त महत्वपूर्ण उपलब्धि हो।
यस रणनीतिले निजी क्षेत्रको सुरक्षा सुदृढ गर्ने, मनोबल उच्च बनाउने तथा व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्नेमा हामी विश्वस्त छौँ।
यसको प्रभावकारी कार्यान्वयनले निजी क्षेत्रका विद्यमान चुनौतीहरू समाधान गर्दै लगानीमैत्री वातावरण प्रवर्द्धन गर्न र उद्यमशीलतालाई थप ऊर्जा दिन महत्वपूर्ण भूमिका खेल्नेछ।
यसको प्रभावकारी कार्यान्वयनबाट व्यवसायप्रति सकारात्मक दृष्टिकोण विकास गर्दै लगानी वृद्धि, रोजगारी सृजना र समग्र आर्थिक समृद्धिमा टेवा पुर्याउनेछ।


