CLI

महासंघको प्रस्ताव अनुरुप मन्त्रीपरिषदबाट पीएसपीपी कार्यान्वयन गर्ने निर्णय स्वागतयोग्य कदमः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आग्रहमा २०८२ चैत्र १३ गतेको मन्त्रिपरिषद् बैठकले निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन रणनीति (पीएसपीपी) तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले २०८२ कार्तिक २२ गते आर्थिक बहसः २.० कार्यक्रम आयोजना गरि परिवर्तित अवस्थामा उक्त रणनीति आवश्यक भएको भन्दै पहिलो पटक सरकारको ध्यानाकर्षण गराएको थियो । त्यसलगत्तै शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य कार्यक्रममा थप छलफल गरि महासंघले सरकारलाई (पीएसपीपी) को अवधारणापत्र पेश गरेको थियो ।

“यसबाट निजी क्षेत्रका व्यवसाय, व्यक्तिगत र लगानीको सुरक्षा र आवश्यक प्रवद्र्धन सरकारले प्रत्याभूत गर्ने प्रतिवद्धता आएको छ । निजी क्षेत्रको मनोबल बढाइ लगानी प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छौ । ” महासंघ अध्यक्ष ढकालले भने ।

नेपाल सरकारको शासकीय सुधार सम्बन्धि सय बुँदे कार्यक्रमको ६० औ बुँदामा पीएसपीपी समेटिएको छ । देशको आर्थिक स्थायित्व, लगानी वातावरण सुदृढिकरण तथा निजी क्षेत्रको विश्वास पुर्नस्थापना गर्ने उद्देश्यले निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन रणनीति (पीएसपीपी) स्वीकृत गरि तत्काल लागु गर्ने निर्णय मन्त्रीपरिषदले गरेको छ । महासंघको सुझाव मनन गरि सरकारले सो रणनीति मार्फत् भौतिक सुरक्षा तथा सम्पत्ति संरक्षण, आर्थिक पुर्नरोत्थान एवं नियमकीय सरलीकरण र लगानी प्रवद्र्धन तथा युवा उद्यमशीलता सम्बन्धि कार्यनीतिहरु तत्काल कार्यान्वयन गर्ने पनि निर्णय गरेको छ ।

भदौ २३ र २४ गतेको प्रदर्शनपछि निजी क्षेत्रका व्यवसाय, आवास एवं प्रतिष्ठानमा भएको तोडफोड एवं आगजनीबाट प्रभावित निजी क्षेत्रलाई एकिकृत राहत र व्यवसाय सरलीकरण गर्न महासंघले उक्त प्रस्ताव पेश गरेको थियो । मन्त्रीपरिषदको निर्णयमा आवश्यक सहुलियत समेत उपलब्ध गराउने निर्णय समेत भएको छ ।

नीतिगत सुधारका लागि महासंघकै आग्रह बमोजिम दोस्रो चरणको आर्थिक सुधारका लागि गठित उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगले पेश गरेका सुझावहरुलाई पनि सरकारले ग्रहण गरि कार्यान्वयन गर्ने निर्णय गरेको छ । जस अनुरुप १५ वटा कानुन खारेजी प्रक्रियामा लैजाने नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लले निर्णय गरेका हुन् ।

महासंघको ढोरपाटनमा आयोजित तेस्रो कार्यकारिणी समितिको वैठकले आर्थिक बहस कार्यक्रम आयोजना गरि दोस्रो चरणको आर्थिक सुधारको मार्गचित्र तयार पार्न उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोग गठन गर्न सरकार समक्ष आग्रह गर्ने निर्णय गरि यसका लागि पैरवी गरेको थियो ।

“महासंघले राष्टिय आर्थिक रुपान्तरण २०३० मार्फत्   यी लगायतका कानुनको संसोधन, परिमार्जन एवं खारेजीका लागि आग्रह गरेको थियो । आयोगका सुझाव कार्यान्वयनका लागि पीएसपीपीले संयन्त्रका रुपमा काम गर्नेछ । रणनीति निर्माण र कार्यान्वयनमा हामी सरकारसंग सहकार्य गर्नेछौ ,” अध्यक्ष ढकालले भने  ।

यसैगरि महासंघको आग्रहमा विदेशी लगानी सहजीकरणका लागि लगानी बोर्ड, उद्योग विभाग लगायतका एकै प्रकारका कार्य गर्ने निकायको एकिकृत संरचना निर्माण गर्ने निर्णयले सेवाग्राहीलाई सहज र सरल सेवा पुर्‍याउन सहयोग पुग्नेछ ।

यसैगरि सर्वसाधारणले लिने अधिकांश सेवा डिजिटल माध्यमबाट दिइने र शुसासन कायम गर्ने सरकारको प्रतिवद्धता छ । सरकारले सवै व्यवसायिक सेवा दिने गरि वन डोर बिजनेस प्लाटफर्म ४५ दिन भित्र तयार पार्ने उल्लेख गरेको छ । उक्त सेवा नागरिक एप मार्फत्   दिने सकिने सम्भावाना रहेको र यसको अध्ययन प्रतिवेदन महासंघले सरकारसमक्ष छिट्टै पेश पनि गर्नेछ । उर्जा उत्पादन र निर्यातलाई प्रोत्साहन दिने बिषय पनि सकारात्मक छ । उर्जालाई कच्चा पदार्थका रुपमा ग्रहण गरि उत्पादनमूलक उद्योगलाई सहुलियत दरमा उपलब्ध गराउन सके यसले दोहोरो फाइदा हुने महासंघको आग्रह छ ।

Leave Your Comment

Related News