काठमाडौं । बुधबार नेप्से परिसूचक ७४.७३ अंकले घटेको छ । बजार २७७६.३६ विन्दुमा पुगेर बन्दा भएको छ । ३४७ वटा कम्पनीको १ लाख २३ हजार ७३० पटक्को कारोबारमा ३ करोड २ लाख २९ हजार ४५२ कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम १२ अर्ब १० करोड ९० लाख रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा ९९ करोड ६६ लाख रुपैयाँले बढि हो । मंगलबार कारोबार रकम ११ अर्ब ११ करोड २४ लाख रुपैयाँ थियो ।
यस दिन, सेन्सेटिभ इण्डेक्स ११.२१ अकं घटेको छ भने फ्लोट इण्डेक्स ५.१३ र सेन्सेटिभ फ्लोट डण्डेक्स ४.०२ अंक घटेको छ ।
यस दिन सबै उप समूह घटेका छन् । बैंकिङ २.३१ प्रतिशतले,विकास बैंक ३.१८, वित्त ३.०३, होटल्स तथा पर्यटन समूह २.१२, जलविद्युत २.८१, लगानी २.७६, जीवन बीमा २.०२, उत्पादन र प्रशोधन ०.३९, लघुवित्त १.९९, म्युअुचल फण्ड ०.९७ निर्जीवन बीमा २.२२, अन्य समूह ५.२६ र व्यापार समूह ३.९६ प्रतिशतले घटेका छन्।
यस दिन, रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी, रिज लाइन, भुजुङ हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस दिन कारोबारको आधारमा हिमालयन रि इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ७१ करोड ३१ लाख २६ हाजर रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावरको ४५ करोड ७२ लाख रुपैयाँ , ङादी ग्रुप पावरको ४३ करोड २३ लाख , शिवम सिमेनतको ४२ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।



