काठमाडौं ।अर्थमन्त्री स्वणिम वाग्लेले राजश्व चुवावट रोक्न काम सुरु गर्न लागेका छन् । यसको लागि अर्थ मन्त्रालयले आज राजश्व चुहावट नियन्त्रणको लागि उच्चस्तरीय छलफल गर्दैछ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री कार्यालय, अर्थ, गृह, राजश्व प्रशासनका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख सहभागी हुनेछन् । यस्तै, राजश्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा तथा विभागका प्रमुखहरू पनि बैठकमा सहभागी हुने अर्थ मन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
आजको बैठकमा राजश्व छली र चोरी पैठारी नियन्त्रण तथा कानुन कार्यन्वयनका विषयमा अर्थमन्त्री डा. वाग्लेले बैठकमा महत्वपूर्ण निर्देशन दिनेछन् ।
बैठक आज बिहान बिहान ११ बजे सुरु हुने छ । बैठक एक घण्टाका लागि तय भएकोको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए ।
बैठकपछि बैठकका छलफल र निर्णयबारे अर्थमन्त्रालयका सहसचिव एवम् प्रवक्ता टंक प्रसाद पाण्डेयले भिडियो, फोन वा विज्ञप्तिमार्फत जानकारी गराउउने बताएका छन् ।


