CLI

पर्यटन सभापति देशबन्धुको महासंघमा सफल कार्यकाल, भन्छन्–पर्यटन क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी छ 

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित)ले नेपालको पर्यटन क्षेत्रले हालसम्म हासिल गरेका उपलब्धिमा निजी क्षेत्रकै सबैभन्दा ठूलो योगदान रहेको बताएका छन्

महासंघमा आफ्नो कार्यकारिणी समिति सदस्यको तीन वर्षे कार्यकाल सकिन लाग्दा बस्नेतले आफूले पर्यटन तथा हवाई यातयात समितिको सभापतिका रुपमा सरकार मातहतका निकायसँग पटकपटक बैंठक छलफल गरी निकै फलदायी काम गरेको समेत उनले जानकारी दिए बस्नेतलाई २०८० जेठमा अध्यक्ष ढकालले महासंघको पर्यटन तथा हवाई यातायात समितिको सभापतिमा चयन गरेका थिए  

त्यसपछि उनले नेपालको पर्यटन क्षेत्रले भोगिरहेका समस्या समाधानका उपायसहित प्रधानमन्त्री कार्यालय, सम्बन्धित मन्त्रालय, विभाग मातहतका निकायहरुमा पटकपटक छलफल गरेको त्यसबाट आशावादी हुने नतिजाहरु पनि देखिएको बताएका छन्

पोखरा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलहरुको पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने विषय हामीले समितिमार्फत महासंघमार्फत पटकपटक उठायौँ, सरकारले यी विमानस्थलमा उडान गर्ने एयरलाइन्स कम्पनीहरुलाई विभिन्न छुटहरु दिने स्किम पनि ल्यायो, केही समय चलेपनि अहिले यी दुइ वटै विमानस्थल अन्तर्राष्ट्रिय उडानमा उपयोग हुन सकिरहेका छैनन्बस्नेत भन्छन्, ‘अब नयाँ सरकारले यी दुइ वटै अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि कुटनीतिक पहल बढाउनेमा हामी आशावादी छौँ

उनले महासंघको पर्यटन समिति सभापतिका रुपमा पर्यटन ऐन संशोधन, होटललाई उद्योग सरहको सुविधा, हवाई टिकटमा लगाइएको भ्याट सम्बन्धि प्रावधान पुनरावलोकन जस्ता विषयहरुमा प्रधानमन्त्री कार्यालय, सम्बन्धित मन्त्रालय, विभाग मातहतका निकायहरुमा पटकपटक कुरा उठाएका थिए

यसैको फलस्वरुप अघिल्लो सरकारले ऐन संशोधन गरेर होटललाई उद्योग सरहको मान्यता दिने निर्णयसमेत गरेको थियो अब उक्त प्रावधानको ब्यवहारिक कार्यान्वयन आवश्यक बस्नेत भन्छन्  

उनले नेपाललाई युरोपेली देशसँग सिधा हवाई सम्पर्कमार्फत जोड्नुपर्ने समेत बताउँदै आएका छन् यसका लागि नेपाली आकाशलाई ईयूको कालोसूचीबाट हटाउन नागरिक उड्डययन प्राधिकरणसहित सिङ्गो सरकारले नै सार्थक पहल गर्नुपर्ने पनि उनले बताउँदै आएका छन्

नेपाल पर्यटन बोर्डमार्फत विश्व बजारमा नेपालको ब्राण्डिङ गरिनुपर्ने त्यसका लागि निजी क्षेत्र समेतको सहभागीता हुनुपर्ने जस्ता विषय पनि बस्नेतले उठाउँदै छन् उनले महासंघको पर्यटन तथा हवाई यातायात समितिको सभापतिका रुपमा काम गर्न प्रेरित गर्ने अध्यक्ष चन्द्र ढकाल सिङ्गो पदाधिकारी टिमसहित उपसभापतिका रुपमा आफूलाई सहयोग गर्ने अच्युत शर्मा गुरागाइँ, निलहरी बाँस्तोलालाई धन्यवाद दिएका छन्

यसैगरी सदस्यहरु शिव अधिकारी, कुलप्रसाद न्यौपाने, सिर्जना श्रेष्ठ नेपाली, सचिन ढकाल, रमेश थापा विनायक शाहलाई पनि धन्यवाद दिएका छन् सल्लाहकारहरु शशिकान्त अग्रवाल, बिक्रम पाण्डे हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा। धनन्जय रेग्मीलाई पनि बस्नेतले उपर्युक्त सल्लाह सुझावका लागि धन्यवाद दिएका छन्

आगामी दिनमा पनि नेपालको निजी क्षेत्रको विकास विस्तारका लागि निरन्तर प्रयत्न जारी राख्ने प्रतिवद्धता जनाउँदै सबै उद्योगी व्यवसायी महानुभावहरुको साथ, सहयोग समर्थन प्राप्त हुने विश्वास वस्नेतको रहेको

Leave Your Comment

Related News