काठमाडौं । केही सञ्चार माध्यममा दिपक भट्टले नेपाल रिइन्स्योरेन्स कम्पनीका शेयर खरिद गर्दा ३७ करोड दुरुपयोग गरेको भनी गलत समाचार प्रकाशित भएको भन्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले त्यस्ता समाचारको खण्डन गरेको छ।
कम्पनीले दिपक भट्ट र धितोपत्र दलाल नं. ५५ सँग यस विषयमा कुनै सम्बन्ध नभएको र कुनै कारोबार पनि नभएको दाबी गरेको छ । नेपाल लाइफले प्रचलित कानुन र नियामक मापदण्ड अनुसार व्यवसाय सञ्चालन गर्दै आएको जानकारी दिएको छ।
प्रेस विज्ञप्तिमा, ” केही दिन अगाडि हिमालयन रिइन्स्योरेन्स कम्पनी लि. का आधारभूत शेयरधनी दिपक भट्ट (नागरिकता नं. १०७ कैलाली) ले दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स कम्पनी लि. लगायतका शेयर खरिद गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. का सहायक कम्पनीबाट ३७ करोड दुरुपयोग गरी धितोपत्र दलाल नं. ५५ भृकुटी स्टक ब्रोकर कम्पनी प्रा. लि. मार्फत खरिद गर्दा भुक्तानी गरेको भन्ने गलत समाचारहरु प्रकाशित भएको प्रति कम्पनीको गम्भिर ध्यानाकर्षण भएको छ ।
यस कम्पनीकोमाथि उल्लेख गरिए अनुरुप दिपक भट्ट वा धितोपत्र दलाल नं. ५५ सँग यस विषयमा कुनै संलग्नता नभएको र कारोबार समेत नगरेको सम्बनिधत सवैमा जानकारीको लागि अनुरोध गर्दछौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सधैं प्रचलित कानून, नियामक निकायका मापदण्ड तथा संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको व्यहोरा हाम्रा सम्पूर्ण सरोकारवालाहरुमा विनम्रतापूर्वक जानकारी गराउन चाहन्छौं” भनिएको छ ।


