CLI

नेपाल राष्ट्र बैंकद्वारा २ मनिचेञ्जरको इजाजतपत्र रद्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ वटा मनिचेञ्जरहरुको इजाजतपत्र रद्द गरेको छ । विराटनगर कार्यालयले , मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) अनुसार तोकिएको समयभित्र नवीकरण नगरेका मनिचेञ्जरहरुको इजाजतपत्र रद्द गर्ने निर्णय गरेको हो।

रद्द गरिएका मनिचेञ्जर कम्पनीहरूमा विराटनगर महानगरपालिका–१५, मोरङ स्थित अमृत लक्ष्मी मनि चेन्जर प्रा. लि. र सुपर फाइन मनि चेन्जर प्रा. लि. रहेका छन्।

Leave Your Comment

Related News