CLI

न्यूनतम पारिश्रमिक नदिने रोजगारदातामाथि सरकारले कारबाही गर्ने

काठमाडौं । सरकारले अस्पतालका नर्सिङ स्टाफ, निजी विद्यालयका शिक्षक र विभिन्न प्रतिष्ठानमा कार्यरत श्रमिकहरूलाई तोकिएको न्यूनतम पारिश्रमिक नदिने रोजगारदातामाथि कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै ‘तालिमी’ का नाममा भइरहेको श्रम शोषणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा श्रम ऐनको अनिवार्य पालना गर्न निर्देशन दिँदै भनिएको छ, ‘तालिमीका रुपमा काममा लगाइएका व्यक्तिलाई रोजगारदाताले कम्तिमा न्यूनतम पारिश्रमिक, बिरामी बिदा तथा उपदान, सञ्चयकोष, बीमा लगायतका सामाजिक सुरक्षा कमी नहुने गरी सुविधा दिनुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको छ।’

पछिल्लो समय विशेषगरी नर्सिङ स्टाफ र निजी विद्यालयका शिक्षकहरूबाट न्यूनतम पारिश्रमिक नपाएको भन्दै मन्त्रालयमा उजुरी र गुनासाहरू बढेका छन्।

Leave Your Comment

Related News