CLI

बैंक र फाइनान्सबाट प्रवाह हुने सवारी साधन कर्जा बढ्यो, विकास बैंकको भने घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको हायर पर्चेज (सवारी साधन) कर्जा प्रवाहमा वृद्धि देखिएको छ। राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाहरूको सवारी साधन कर्जा प्रवाह १ खर्ब ३९ अर्ब ७६ करोड ४० लाख रुपैयाँ पुगेको छ।

जुन गत आवको सोही अवधिको तुलनामा ९ अर्ब ८१ करोड ४० लाख रुपैयाँले बढी हो। गत आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब २९ अर्ब ९४ करोड ९० लाख रुपैयाँ प्रवाह गरेका थिए।

चालु आर्थिक वर्षको फागुनसम्म वाणिज्य बैंकहरूले सवारी साधन कर्जास्वरूप १ खर्ब २४ अर्ब ९६ करोड ५० लाख रुपैयाँ प्रवाह गरेका छन्। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ अर्ब ५३ करोड ४० लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले १ खर्ब १३ अर्ब ४३ करोड १० लाख रुपैयाँ प्रवाह गरेका थिए।

यता, विकास बैंकहरूको भने उक्त कर्जा घटेको छ। विकास बैंकहरूको यस्तो कर्जा १ अर्ब ९५ करोड १० लाख रुपैयाँले घटेर ११ अर्ब २६ करोड ४० लाख रुपैयाँ कायम भएको छ। गत आवको सोही अवधिमा उनीहरूले १३ अर्ब २१ करोड ५० लाख रुपैयाँ प्रवाह गरेका थिए।

त्यस्तै, वित्त कम्पनीहरू (फाइनान्स) को कर्जा प्रवाह भने बढेको छ। वित्त कम्पनीहरूले ८ महिनामा ३ अर्ब ५३ करोड ३० लाख रुपैयाँ प्रवाह गरेका छन्। गत आवको तुलनामा यो रकम २३ करोड रुपैयाँले बढी हो। गत आवमा वित्त कम्पनीहरूले ३ अर्ब ३० करोड ३० लाख रुपैयाँ प्रवाह गरेका थिए।

Leave Your Comment

Related News