CLI

वर्षको पहिलो कारोबार दिन ३३.२७ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल सट्क एक्सचेन्ज(नेप्से) ३३.२७ अंकले बढेको छ । बजार २८६६.८७ विन्दुमा पुगेरा बन्द भएको छ । ३४४ वटा कम्पनीको १ लाख २३ हजार ३५९ पटक्को कारोबारमा २ करोड ३४ लाख ३७ हजार ५२१ कित्ता सेयर कारोबार भएको छ ।

कारोबार रकम भने १० अर्ब ५३ करोड ७० लाख ८ हजार रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा कारोबार रकम  १ खर्ब ८७ करोड १४ लाख ४० हजार रुपैयाँले कम हो । सोमबार कारोबार रकम ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार रुपैयाँ थियो ।

सेन्सेटिभ इण्डेक्स ५.२२ अकं बढेको छ भने फ्लोट इण्डेक्स २.१४ अंकले बढेको छ र सेन्सेटिभ फ्लोट डण्डेक्स १.६५ अंक घटेको छ ।

यस दिन सबै उप समूह बढेका छन् । बैंकिङ १.३० प्रतिशतले,विकास बैंक १.५३, वित्त १.२१, होटल्स तथा पर्यटन समूह ३.१६, जलविद्युत २.१४, लगानी ०.८९, जीवन बीमा ०.४६, उत्पादन र प्रशोधन ०.११, लघुवित्त ०.६४, म्युअुचल फण्ड ०.५६ निर्जीवन बीमा ०.३९, अन्य समूह ०.१० र व्यापार समूह २.३३ प्रतिशतले बढेका छन्।

यस दिन ६ स्टकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, सिन्धु विकास बैंक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज र सुपर खुदी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।  त्यस्तै, यस दिन शिखर पावर डेभलपमेन्टको ९.९७ प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स पहिलो स्थानमा रहेको छ। सो कम्पनीको ५८ करोड ९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको ५७ करोड ११ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम ४९ करोड ४१ लाख  रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News