CLI

२ म्युचुअल फन्डले पाए इकाई बिक्रीको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ वटा बन्दमुखी सामूहिक लगानी योजना सञ्चालन गर्न अनुमति दिएको छ । बोर्डले सिद्धार्थ क्यापिटल लिमिटेडलाई ‘सिद्धार्थ इक्विटी फण्ड–२’ सञ्चालनका लागि स्वीकृति दिएको छ भने लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई ‘एलएस होराइजन–१२’ नामक अर्को म्युचुअल फण्ड सञ्चालनका लागि अनुमति दिएको हो।

बोर्डका अनुसार सिद्धार्थ इक्विटी फण्ड–२ को आकार १० करोड इकाई रहेको छ, जसको प्रति इकाई अंकित मूल्य १० रुपैयाँ तोकिएको छ। यस फण्डको निष्काशन तथा बिक्री प्रबन्धन सिद्धार्थ क्यापिटलले नै गर्नेछ ।

त्यस्तै, एलएस होराइजन–१२ को आकार १२ करोड इकाई रहेको छ र यसको पनि प्रति इकाई मूल्य १० रुपैयाँ निर्धारण गरिएको छ।  यस योजनाको व्यवस्थापन तथा बिक्री प्रबन्धन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ।

Leave Your Comment

Related News