CLI

नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । सोमबार नेपाल सट्क एकसेन्ज (नेप्से) १३.१७ अंक घटेको छ । बजार २८२५.२३ विन्दुमा पुगेरा बन्दा भएको छ ।३४९ वटा कम्पनीको १ लाख १६ हजार ३१० पटक्को कारोबारमा १ करोड १६ लाख ५६ हजार ३७० कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने ५ अर्ब ४३ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबारको तुलनामा कारोबार रकम २ अर्ब १२ करोड ६४ लाख रुपैयाँले कम हो । शुक्रबार कारोबार रकम ७ अर्ब ४६ करोड ६ लाख रुपैयाँ थियो ।

सेन्सेटिभ इण्डेक्स ३.२१ अकं घटेको छ भने फ्लोट इण्डेक्स १.१९ अंकले घटेको छ र सेन्सेटिभ फ्लोट डण्डेक्स १.२३ अंक घटेको छ ।

यस दिन १२ वटा उप समूह घटेका छन् भने १  उप समूह  बढेको छ  । बैंकिङ ०.८४ प्रतिशतले,विकास बैंक ०.१६, वित्त ०.७०,  जलविद्युत ०.२३, लगानी ०.८४, जीवन बीमा ०.६२, उत्पादन र प्रशोधन ०.८४, लघुवित्त ०.४९, म्युअुचल फण्ड ०.०८ निर्जीवन बीमा ०.११, अन्य समूह ०.४० र व्यापार समूह ०.३३ प्रतिशतले घटेका छन्।  होटल्स तथा पर्यटन समूह १.०१ प्रतिशतले बढेको छ ।

यस दिन ४ स्टकको १५ प्रतिशतले बढेको छ । यस दिन सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयर मूल्य १५ प्रतिशत बढेको हो  । त्यस्तै, यस दिन झापा इनर्जीको शेयरमूल्य करिब १२ प्रतिशत बढेको छ भने रिज लाइन इनर्जीको शेयरमूल्य ११ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन सोलु हाइड्रोपावर पहिलो  स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड १ लाख ५९ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै, यस दिन सोलु हाइड्रोपावरको करिब ३० करोड रुपैयाँको सेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे २८ करोड रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News