CLI

७.७३ अंकले बढ्यो नेप्से,कारोबार रकममा गिरावट

काठमाडौं । सोमबार नेपाल सट्क एकसेञ्ज (नेप्से) ७.७३ अंकले बढेको छ । बजार २७९६.४३ विन्दुमा पुगेरा बन्दा भएको छ । ३५१ वटा कम्पनीको ८० हजार ८३३ पटकको कारोबारमा १ करोड ८ लाख ९९ हजार ४६१ कित्ता सेयर कारोबार भएको छ ।

कारोबार रकम भने ४ अर्ब ७३ करोड ३६ लाख रुपैयाँ पिगेको छ । शुक्रबारको तुलनामा कारोबार रकम ५३ करोड ६७ लाख रुपैयाँले गटेको छ । शुक्रबार कारोबार रकम  ४ अर्ब २७ करोड ३ लाख रुपैयाँ थियो ।

सेन्सेटिभ इण्डेक्स १.६४ अकं बढेको छ भने फ्लोट इण्डेक्स ०.७५  र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.३९ अंक बढेको छ ।

यस दिन ८ वटा उप समूह बढेका छन् भने ५ वटा घटेका छन्  । बैंकिङ ०.६८ प्रतिशतले,विकास बैंक १.१४, वित्त ०.४२, छन्।  होटल्स तथा पर्यटन समूह ०.९७, जीवन बीमा ०.१३, उत्पादन र प्रशोधन १.५२, लघुवित्त ०.२९ र निर्जीवन बीमा ०.१५ प्रतिशतले बढेका छन् । जलविद्युत ०.१९, लगानी ०.२८, म्युअुचल फण्ड ०.०७,अन्य समूह ०.४४ र व्यापार समूह १.३९ प्रतिशतले घटेका छन् ।

यस दिन ४ स्टकको १५ प्रतिशतले बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, शिखर पावर डेभलपमेन्ट र सिटि होटलको सेयर १५ प्रतिशतले बढेको हो।  झापा इनर्जीको सेयरमूल्य ९.४४ प्रतिशत बढेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.८६ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ७४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम २५ करोड ९७ लाख रुपैयाँ  सोलु हाइड्रोपावरको करिब २३ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

Leave Your Comment

Related News