CLI

जीवन बीमा कम्पनीले वर्षभरमा १ खर्ब ५६ अर्ब उठाए

काठमाडौं ।गत आर्थिक वर्ष २०८०/८१ मा जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३१ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३१ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको बीमा प्राधिकरणले जानकारी दिएको छ।

एक वर्षको अवधिमा बीमा कम्पनीहरुले ७ अर्ब ६ करोड १८ लाख रुपैयाँ एकल बीमा शुल्क, १ खर्ब २२ अर्ब ४ करोड ६९ लाख नवीकरण बीमा शुल्क र असारमा २७ अर्ब १९ करोड १६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन्।

गत आवमा सबैभन्दा धेरै बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ। नेपाल लाइफ इन्स्योरेन्सले ४० अर्ब ८५ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क उठाएको हो।

सबैभन्दा कम बीमा शुल्क संकलन गर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। सन नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।

राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७१ करोड बीमा शुल्क संकलन गरेको छ । नेशनल लाईफले १९ अर्ब २० करोड संकलन गर्दा सुर्यज्योति लाइफले ९ अर्ब ४९ करोड बीमा शुल्क संकलन गरेको छ । यस्तै, लाइफ इ. कर्पोरेशन (नेपाल) लिमिटेडले १८ अर्ब ९ करोड,मेट लाइफले ५ अर्ब ६७ करोड, र एशियन लाइफ इस्योरेन्सले ८ अर्ब ५ करोड बीमा शुल्क संकलन गरेको छ । यसैगरी, आइएमई लाइफ इस्योरेन्सले ४ अर्ब ७४ करोड, रिलायबल नेपालले ४ अर्ब २० करोड र सिटिजन लाइफले ६ अर्ब २१ करोड बीमा शुल्क संकलन गरेको छ ।

सानीमा रिलायन्स लाइफले ६ अर्ब १८ करोड, हिमालयन लाइफले १६ अर्ब ६० करोड र प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ३७ करोड बीमा शुल्क संकलन गरेको हो ।

Leave Your Comment

Related News