काठमाडौं । केन्द्रीय तथ्यांक कार्यालयले अमेरिकी डलरको विनिमिय दरको कारण यस वर्ष नेपाली प्रतिव्यक्ति आए नबढ्ने बताएको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति प्रतिव्यक्ति आम्दानी १,५३५ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ अमेरिकी डलर रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,४८० अमेरिकी डलर कायम भएको छ। डलरको सटहीदरमा भएको उच्च वृद्धिले प्रतिव्यक्ति कुल राष्ट्रिय आय आर्थिक वर्ष २०८१/८२ मा र आर्थिक वर्ष २०८२/८३ मा बराबर रहन गएको अनुमान रहेको छ।
प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय २,०४४ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय १,९९४ अमेरिकी डलर रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय १,८७७ अमेरिकी डलर कायम भएको छ। डलरको सटहीदरमा भएको उच्च वृद्धि भए तापनि प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय क्रमशः बढ्नुको कारण विप्रेषणको उच्च प्राप्ति भएको अनुमान रहेको छ।
प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,५१३ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,५१६ अमेरिकी डलर हुने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,४५६ अमेरिकी डलर कायम भएको छ। डलरको सटहीदरमा भएको उच्च वृद्धिले प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन आर्थिक वर्ष २०८१/८२ मा भन्दा आर्थिक वर्ष २०८२/८३ मा कम हुन गएको अनुमान रहेको छ।
वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण आर्थिक वर्ष २०८२/८३ मा कुल र्गाहस्थ उत्पादन (जीडीपी) को ३३.०२ प्रतिशत विप्रेषण प्राप्त हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८३ मा (जीडीपी) को २७.८० प्रतिशत विप्रेषण प्राप्त संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा (जीडीपी) को २५.०९ प्रतिशत विप्रेषण प्राप्त भएको छ।


