CLI

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं ।  बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ बस्ने काभ्रे भुम्लु गाउँपालिका-८ घर भएकी ४५ वर्षीया कल्पना तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

 जिल्ला अदालत भक्तपुरबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ चावहिलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

Leave Your Comment

Related News