काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच कर्जा कारोबार गर्ने गराउने सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौता बमोजिम राष्ट्रिय बीमा कम्पनी लिमिटडमा कार्यरत स्थायी कर्मचारीहरूले नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस शाखाबाट व्यक्तिगत आवश्यकता पुरा गर्नका लागी रु.१५ लाख सम्म विनाधितो सेवाग्राही कर्जा उपभोग गर्न सक्नेछन् ।
यसबाट राष्ट्रिय बीमा कम्पनी लिमिटडमा कार्यरत स्थायी कर्मचारीहरूले एकै थलोबाट वित्तीय आवश्यक्ता पूर्ति गर्न सक्ने, समय बचत हुने तथा नेपाल बैंक लि. र राष्ट्रिय बीमा कम्पनी लिमिटड बीचको संस्थागत सहकार्य अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।
मिति २०८३ बैशाख १६ गते बुधबारका दिन नेपाल बैंक लिमिटेडकोे प्रधान कार्यालयमा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडको तर्फबाट रिटेल कर्जा प्रमुख अर्जुन बहादुर कंडेल र राष्ट्रिय बीमा कम्पनी लिमिटडको तर्फबाट मुख्य व्यवस्थापक डा. सृजना पन्तले हस्ताक्षर गरेका थिए ।
नेपालभर २३१ शाखाहरु, २४६ ए.टि.एम. साथै ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा पु¥याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।


