CLI

गर्मी संगै बढ्ने छ बचतको मात्रा: दराजद्वारा ५.५, बिग समर सेलको घोषणा

काठमाडौं ।गर्मीमा तापक्रम बढ्दै गइरहेको छ, दिनहरू अझ लामा हुँदैछन् । यही अवसरमा नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित बिग समर सेल सार्वजनिक गरेको छ । यस सेल मार्फत दराजले देशभरका ग्राहकहरूका लागि आकर्षक अफरहरूको नयाँ लहर नै पस्केको छ ।

दराज ५.५, बिग समर सेल, वैशाख २१ (मे ४) को बेलुका ८ बजेदेखि प्रारम्भ भई वैशाख २६ (मे ९) सम्म सञ्चालन हुने छ । यस अवधि भर ग्राहकहरूले ८० % सम्मको आकर्षक छुट, छनोट गरिएका सामानहरूमा निःशुल्क होम डेलिभरी, तथा ५५ लाख रुपियाँ बराबरका भौचरहरू प्राप्त गर्न सक्नु हुनेछन् । अवसरको बहार नै बोकेर आफ्ना उपभोक्ता समक्ष दराजद्वारा सार्वजनिक यस सेलले गर्मीको समयमा उत्कृष्ट किनमेलको अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।

दराजद्वारा आफ्ना उपभोक्तालाई अझ उत्साहजनक शपिंग अनुभव प्रदान गर्न समय समयमा सार्वजनिक हुँदै आएका विभिन्न सेलमा जस्तै यसमा पनि अझ उत्साह थप्दै, विशेष साझेदार अफरहरू पनि उपलब्ध गरिएका छन् । ग्राहकहरूले प्लाटिनम पार्टनर्स पिल्ग्रिम र मारिकोका तर्फ बाट १५% सम्म, गोल्ड पार्टनर्स ब्राण्डहाउस, होनसा र मिनिमलिस्टका तफ बाट ६०% सम्म, तथा सिल्भर पार्टनर्स ¥होतो, नुलाइट र एमडब्ल्यूसीका तफ बाट ७०% सम्मको छुट पाउन सक्नु हुनेछन् । साथै, ईसेवाका प्रयोगकर्ताहरूले विशेष ‘रश आवर’ अफरहरू पनि प्राप्त गर्न सक्नु हुनेछन् । यसले किनमेल अनुभवलाई अझ लाभदायक बनाउने कम्पनीको दावी छ ।

ग्राहकहरूले आफ्ना एच्छित सामग्रीहरुमा उत्कृष्ट मूल्य सुनिश्चित गर्न “बेस्ट प्राइस” ट्याग भएका उत्पादनहरूमा दराजको २ गुणा प्राइस डिफरेन्स रिफन्ड प्रोमिस पनि लागू हुनेछ । यस आधारमा यदि कुनै ग्राहकले नेपालभित्र अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन यहाँ निर्धारित भन्दा कम मूल्यमा भेट्टाउनु भएमा, योग्यताको सर्त अनुसार दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ । यसले ग्राहकहरूलाई अझ विश्वस्त रूपमा किनमेल गर्न सहयोग पु¥याउने कम्पनीको दावी छ ।

दराज ५.५, बिग समर सेलको यस संस्करण अन्तर्गत, ग्राहकहरूले हल्का र स्टाइलिश फेशन सामग्रीदेखि घरलाई गर्मीअनुकूल बनाउन आवश्यक वस्तुहरू, स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेबल्स, फर्निचर, गृह सजावट लगायत विभिन्न क्याटेगोरीहरुमा समेत आकर्षक अफरहरू पाउन सक्नुहुनेछ । नयाँ ग्याजेट खोज्दै हुनुहुन्छ, गर्मीका आवश्यक सामग्री किनमेल गर्दै हुनुहुन्छ वा दैनिक आवश्यक वस्तुहरू खरिद गर्न चाहनुहुन्छ, यहाँ सबैका लागि केही न केही उपलब्ध रहने कम्पनीको प्रतिबद्धता रहेको छ ।

सहज एप अनुभव, आकर्षक अफरहरू र अतुलनीय सुविधासहित, दराज नेपालले सबैलाई यो गर्मीमा घरमै बसेर किनमेलको आनन्द लिन र उत्कृष्ट बचतको अवसर उपयोग गर्न आमन्त्रण गरेको छ ।

दराज नेपालको ५.५, बिग समर सेल सम्बन्धी थप जानकारीका लागि www.daraz.com.np मा भ्रमण गर्न, दराज नेपालको फेसबुक पेज हेर्न वा दाराज एप प्रयोग गर्नुहुन दराज नेपालले विशेष अनुरोध गरेको छ ।

 

Leave Your Comment

Related News