CLI

धौलागिरी लघुवित्तको सातौं साधारण सभा सम्पन्न

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाको सातौ वार्षिक साधारण सभा वैशाख २२ गते शनिबार धौलागिरी सामुदायिक श्रोत विकास केन्द्रको सभाहल बागलुङ नगरपालिका ४ उपल्लाचौर, बागलुङमा भएको हो । सभामा वित्तीय संस्थाका अध्यक्ष सिर्जना थापाको अध्यक्षतामा अपरान्ह ३ बजे सम्पन्न भएको थियो ।

सभामा कम्पनी ऐन, २०६३ को दफा ८० (१) बमोजिम सातौं वार्षिक साधारण सभामा उपस्थित शेयर धनीहरुको संख्या, वार्षिक आर्थिक विवरण, संचालक समिति र लेखा परिक्षकको प्रतिवेदन, संस्थागत सुशासन सम्बन्धि अनुपालना प्रतिवेदन, कम्पनी ऐन २०६३ को दफा १०९ (४) अनुसारको अतिरिक्त विवरण, धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम २६ को उपनियम २ सँग सम्बन्धित अनुसूची १५ बमोजिमको विवरण प्रस्तुत गरिएको थियो ।

Leave Your Comment

Related News