CLI

बीमा प्राधिकरणले दुई बीमा कम्पनीलाई गर्यो कारबाही

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नियम उल्लंघन गरेको भन्दै दुई बीमा कम्पनीलाई कारबाही गरेको छ ।

बीमा प्राधिकरणले नियम उल्लंघन गरेको भन्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई कारबाही गरेको हो।

प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सम्पत्ति बीमामा तोकिएको बीमा शुल्कमा छुट तथा सहुलियत दिएको पाइएपछि २  लाख  जरिवाना गरेको हो।

प्राधिकरणका अनुसार कम्पनीले निर्देशनविपरीत बीमाशुल्कमा डिस्काउन्ट दिएको थियो।

लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीले स्वामित्व परिवर्तनसम्बन्धी व्यवस्था पालना नगरेको पाइएपछि ५  हजार जरिवाना गरिएको प्राधिकरणले जनाएको छ।

Leave Your Comment

Related News