CLI

मंगलबार बीमा अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन हुने

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अनुसार आगामी साता अर्थात् मंगलबार जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन गरिने छ ।

बीमा प्राधिकरण अन्तर्गत गण्डकी प्रदेश कार्यालय, पोखराले आफनो मुलुकभरका जीवन बीमा अभिकर्ताको अनलाइन परिक्षा मंगलबार लिन लागेको हो ।

वैशाख २९ मंगलबार दिउँसो २ देखि ३ः ३० बजेसम्म अनलाइन परीक्षा सञ्चालन हुनेछ ।

बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्कर्ताहरुको परीक्षा लिएर मात्र ईजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा उक्त मितिमा सञ्चालन गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

Leave Your Comment

Related News