काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आफ्नो एकीकृत डाटा व्यवस्थापन केन्द्रमा सञ्चालनमा रहेको सर्भर परिवर्तन (Replace) गर्ने कार्यका कारण बीमा व्यवस्थापन सूचना प्रणाली केही समयका लागि बन्द रहने जनाएको छ । बोर्डद्वारा जारी सूचनाअनुसार बैशाख २५ गते शुक्रबार साँझ ६ बजेदेखि राति ९ बजेसम्म प्रणालीको सेवा अवरुद्ध हुनेछ ।
बोर्डले सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै उक्त समयअघि नै सबै दाबी (Claims) प्रक्रिया अनिवार्य रूपमा सम्पन्न गर्न सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थालाई अनुरोध गरेको छ। सूचनामा राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको सर्भर प्रतिस्थापन कार्यका कारण प्रणाली बन्द गर्नुपर्ने उल्लेख गरिएको छ।


