CLI
Global College

नेपाल बैंक र बि एण्ड बि हस्पिटल प्रा.लि. बिच सम्झौता

काठमाडौं ।   नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई ललितपुर ग्वार्कोमा रहेको बि एण्ड बि हस्पिटल प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा नेपाल बैंकको मोबाईल बैंकिङ एपबाट रकम भूक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई अस्पताल द्वारा तोकिएको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १५% छुट हुने व्यवस्था गरिएको छ । सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख  निर्मल सुवेदी र बि एण्ड बि हस्पिटल प्रा.लि. को तर्फबाट प्रशासन प्रमुख  प्रकाश कुमार भट्टराईले हस्ताक्षर गरे ।

यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू तथा बैंकमा कार्यरत कर्मचारीहरूलाई बि एण्ड बि हस्पिटल प्रा.लि. द्वारा प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुनेछन् ।

 

Leave Your Comment

Related News