काठमाडौं । सहरी विकास मन्त्रालयले प्रहरी नियन्त्रणमा लिनका लागि निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडुको नाममा पत्र काटे पछि उनीहरु दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मा र लामा कन्स्ट्रक्सनका पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएर सहरी विकास मन्त्रालयमा उपस्थित गराएको हो ।दुवै जनालाई प्रहरीले गोङ्गबु क्षेत्रबाट नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए ।
आफूले लिएको ठेक्काको समयमा सम्पन्न नगरेको कसुरमा उनीहरूलाई उपस्थित गराइदिन मन्त्रालयले प्रहरीलाई आग्रह गरेको थियो ।ठेक्का सक्नलाई गरेको आग्रह वेवास्था गर्दै आएका र समयमा काम सम्पन्न नगरेको आरोप शर्मा र बडु माथि लागेको छ ।
मन्त्रालयको पत्रको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर उपस्थित गराइएको कार्यालयले जनाएको छ ।


