CLI

जेठमा पनि बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा दिने अधिकतम ब्याजदर जेठमा थप घटाएका छन् । वैशाखको तुलनामा ब्याजदर औसत ०.०५७ प्रतिशतले कटौती गरेका छन् । जेठ महिनामा व्यक्तिगत मुद्दति खातामा सबैभन्दा धेरै ब्याजदर एनएमबिले प्रदान गर्ने भएको छ । यसले ब्याजदर ४.८ प्रतिशत कायम गरेको छ । वैशाखमा एनएमबि बैंकको ब्याजदर ५ प्रतिशत रहेको थियो ।

राष्ट्रिय वाणिज्यको ४.७५ प्रतिशत, नबिलको ४.५५ प्रतिशत, प्रभुको ४.५५ प्रतिशत ब्याजदर कायम भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा, लक्ष्मी सनराइज, ग्लोबल, आइएमई, माछापुच्छ्रे र एनआइसी एसिया बैंकले मुद्दतिमा ४.५ प्रतिशत ब्याज दिने भएको छ ।

बैंकहरूको औसत अधिकतम ब्याजदर वैशाखको ४.४ प्रतिशतबाट घटेर जेठमा ४.३४३ प्रतिशतमा झरेको छ ।
बैंकहरूमा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहेकाले निक्षेपको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन् ।

Interest Rate Of Banks (Maximum) For Individual
Commercial Banks  Jestha, 2083 Baisakh, 2083 Diff in % point
NMB Bank 4.8 5 -0.2
Rastriya Banijya Bank 4.75 4.75 0
Nabil Bank 4.55 4.55 0
Prabhu Bank 4.55 4.55 0
Nepal Investment Mega Bank 4.5 4.5 0
Sanima Bank 4.5 4.5 0
Laxmi Sunrise Bank 4.5 4.5 0
Global IME Bank 4.5 4.5 0
Machhapuchchhre Bank 4.5 4.5 0
NIC Asia Bank 4.5 4.75 -0.25
Nepal SBI Bank 4.25 4.25 0
Himalayan Bank 4.25 4.5 -0.25
Nepal Bank 4.25 4.5 -0.25
Agriculture Development Bank 4.15 4.15 0
Prime Commercial Bank 4.15 4.15 0
Citizens Bank International 4.1 4.15 -0.05
Siddhartha Bank 4.05 4 0.05
Everest Bank 4.05 4.05 0
Standard Chartered Bank 4 4.1 -0.1
Kumari Bank 3.96 4.05 -0.09
Average 4.343 4.4 -0.057

Leave Your Comment

Related News