CLI

६.५१ अंकले घट्यो नेप्से, बढ्यो कारोबार

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.५१ अंकले घटेको छ । बजार २७२४.३९ विन्दुमा पुगेरा बन्द भएको छ । ३४६ वटा कम्पनीको ४५ हजार ५१९ पटक्को कारोबार ७९ लाख ३४ हजार ४४४ कित्ता सेयर कारोबार भएको छ ।

कारोबार रकम भने ३ अर्ब ८ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।कारोबार रकम सोमबारको तुलनामा बढेको छ । सोमबार  कारोबार रकम २ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ थियो  ।

सेन्सेटिभ इण्डेक्स ०.६८ अकं, फ्लोट इण्डेक्स ०.२४ र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.१९ अंकले बढेको छ  ।

१३ उप समूहमध्ये यस दिन ४ उप समूह बढेका छन् भने ९ उप समूह घटेका छन्। यस दिन विकास बैंक, वित्त, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२४ प्रतिशत घटेको छ।

यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक १४.२६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य  ४ प्रतिशतभन्दा कमले बढेको छ।

कारोबार रकमका आधारमा सिटि होटल पहिलो स्थानमा रहेको छ। सो कम्पनीको २३ करोड ५३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

त्यस्तै,  साहस उर्जाको ९ करोड १६ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ भने आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम  ८ करोड  ६८ लाख रुपैयाँको कारोबार भएको छ छ।

Leave Your Comment

Related News