CLI

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं ।  बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका-४ बस्ने रूकुम पूर्व उतरगंगा गाउँपालिका-४ घर भएका ४६ वर्षीय हर्क बहादुर बुढालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा २०८२ पौष १ गते पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ कंलकीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Leave Your Comment

Related News