CLI

बागमतीको आर्थिक वृदिदर सबैभन्दा उच्च हुने मधेश सबैभन्दा न्यून

काठमाडौं । देशको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०८२/८३ मा ६६ खर्ब पुग्ने अनुमान गरिएको छ । नेपालको राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक गर्दै मुलुकको जीडीपीको आकार ६६ खर्ब रुपैयाँ पुग्ने जनाएको हो । आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा भने चालू आवमा ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।

३. औद्योगिक वर्गीकरणअनुसारको प्रादेशिक कुल मूल्य अभिवृद्धि तथा वृद्धिदर
औद्योगिक वर्गीकरण अनुसारको आर्थिक क्रियाकलापलाई हेर्दा आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा बागमती प्रदेश बाहेक सबै प्रदेशमा कृषिको योगदान सबैभन्दा बढी देखिन्छ भने बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापारको योगदान सबैभन्दा बढी देखिन्छ।आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापारले कोशी तथा मधेश प्रदेशमा पनि दोस्रो हिस्सा नै ओगटेको देखिन्छ।त्यसैगरी, बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोवार सेवाको हिस्सा दोस्रो स्थानमा रहेको छ। गण्डकी र कर्णाली प्रदेशमा सार्वजनिक प्रशासन र रक्षाको योगदान दोस्रो स्थानमा रहेको देखिन्छ भने लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा शिक्षाको योगदान दोस्रो स्थानमा रहेको देखिन्छ। अर्कोतर्फ, कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा प्रशासनिक सहयोगी सेवा; मधेश, वागमती र कर्णाली प्रदेशमा खानी तथा उत्खनन् क्रियाकलापको योगदान सबै भन्दा न्यून देखिन्छ।
आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशको कृषि, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको सार्वजनिक प्रशासन तथा रक्षा वाहेक सबै प्रदेशका अन्य सबै क्रियाकलाप वृद्धिदर धनात्मक रहेको देखिन्छ। आर्थिक वर्ष २०८२/८३ मा औद्योगिक वर्गीकरणअनुसारको कुल मूल्य अभिवृद्धिको वार्षिक वृद्धिदर राष्ट्रिय तहमा सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (२०.९३%) रहने प्रारम्भिक अनुमान रहेकोमा कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै वार्षिक वृद्धिदर सोही क्रियाकलापको रहने र कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा सबैभन्दा धेरै वार्षिक वृद्धिदर वित्तिय तथा विमा सेवाको रहने प्रारम्भिक अनुमान गरिएको छ।
आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशमा पानी आपूर्ति तथा फोहोर व्यवस्थापनको वार्षिक वृद्धिदर सबैभन्दा न्यून रहने प्रारम्भिक अनुमान गरिएको छ भने वागमती, गण्डकी, कर्णाली प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षाको वार्षिक वृद्धिदर सबैभन्दा न्यून रहने प्रारम्भिक अनुमान गरिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षा र मधेश प्रदेशमा कृषिको वार्षिक वृद्धिदर ऋणत्मक रहने अनुमान छ।

कोशी प्रदेश
आर्थिक वर्ष २०८२/८३ का लागि कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. १० खर्ब ४३ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने आर्थिक वर्ष २०८१/८२ मा रु. ९ खर्ब ८२ अर्ब रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.८ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा पनि यस प्रदेशले १५.८ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ३.१३ प्रतिशत हुने प्रारम्भिक अनुमान र आर्थिक वर्ष २०८१/८२ मा २.७२ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्यको (३२.५%) रहने र सबैभन्दा न्यून योगदान प्रशासनिक सहयोगी सेवा (०.३%) को रहने प्रारम्भिक अनुमान रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा कृषिले (३३.१%) योगदान गरी अग्रस्थानमा हुने र प्रशासनिक सहयोगी सेवाको योगदान अन्तिम स्थान (०.३%) मा रहने संशोधित अनुमान गरिएको छ। कोशी प्रदेशमा औद्योगिक वर्गिकरण अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (२३.७६%) र सबैभन्दा थोरै पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापनको (०.३९%) हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (८.२९%) र सबैभन्दा थोरै निर्माणको (-०.७०%) रहने संशोधित अनुमान गरिएको छ।

 मधेश प्रदेश
आर्थिक वर्ष २०८२/८३ का लागि मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. ८ खर्ब ६३ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने आर्थिक वर्ष २०८१/८२ मा रु. ८ खर्ब १८ अर्ब रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १३.१ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशले १३.२ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर १.३१ प्रतिशत हुने प्रारम्भिक अनुमान र आर्थिक वर्ष २०८१/८२ मा ४.४३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

\आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्यको (३४.९७%) रहने र सबैभन्दा न्यून योगदान खानी तथा उत्खनन्‌ (०.१४%) को रहने प्रारम्भिक अनुमान रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा कृषिको (३५.८७%) योगदान सहित अग्रस्थानमा हुने र खानी तथा उत्खनन्को (०.१४%) मा न्यून रहने संशोधित अनुमान गरिएको छ। मधेश प्रदेशमा ‌औद्योगीक वर्गिकरण अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (१०.९१%) र सबैभन्दा थोरै कृषि (-१.२६%) को हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ का लागि कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (८.७६%) र सबैभन्दा थोरै निर्माण (०.७८%) को रहने संशोधित अनुमान गरिएको छ।

बागमती प्रदेश
आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. २४ खर्ब २३ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने आर्थिक वर्ष २०८१/८२ मा रु. २२ खर्ब ५७ अर्ब रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ३६.७ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशले ३६.४ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर ५.४० प्रतिशत हुने प्रारम्भिक अनुमान र आर्थिक वर्ष २०८१/८२ मा ५.२९ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान थोक तथा खुद्रा व्यापारको (२१.७%) रहने र सबैभन्दा न्यून योगदान पानी आपूर्ति तथा फोहोर व्यवस्थापनको (०.३%) रहने प्रारम्भिक अनुमान रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा थोक तथा खुद्रा व्यापारको (२१.४%) योगदान अग्रस्थानमा हुने र पानी आपूर्ति तथा फोहोर व्यवस्थापन क्षेत्रको योगदान अन्तिम स्थान (०.३%) मा रहने संशोधित अनुमान गरिएको छ। बागमती प्रदेशमा ‌औद्योगीक वर्गिकरण अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (२२.८८%) र सबैभन्दा थोरै सार्वजनिक प्रसाशन तथा रक्षा (०.६१%) को हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (१८.७८%) र सबैभन्दा थोरै खानी तथा उत्खनन् (१.३९%) को रहने संशोधित अनुमान गरिएको छ।

गण्डकी प्रदेश
आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. ५ खर्ब ९२ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने आर्थिक वर्ष २०८१/८२ मा रु. ५ खर्ब ५४ अर्ब रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ९.० प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशले ८.९ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ।

आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर ५.०१ प्रतिशत हुने प्रारम्भिक अनुमान र आर्थिक वर्ष २०८१/८२ मा ४.९२ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्यको (२५.७%) रहने र सबैभन्दा न्यून योगदान प्रशासनिक तथा सहयोगी सेवा (०.३%) को रहने प्रारम्भिक अनुमान रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा कृषि, वन तथा मत्स्य (२६.२%) को योगदान अग्रस्थानमा हुने र प्रशासनिक तथा सहयोगी सेवाको योगदान अन्तिम स्थान (०.३%) मा रहने संशोधित अनुमान गरिएको छ। गण्डकी प्रदेशमा ‌औद्योगीक वर्गिकरण ‍अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (२३.९%) र सबैभन्दा थोरै सार्वजनिक प्रशासन तथा रक्षाको (०.६५%) हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ का लागि कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (१२.०२%) र सबैभन्दा थोरै (१.४२%) खानी तथा उत्खनन्‌को रहने संशोधित अनुमान गरिएको छ।

लुम्बिनी प्रदेश
आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. ९ खर्ब ३६ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने आर्थिक वर्ष २०८१/८२ मा रु. ८ खर्ब ८३ अर्ब रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १४.२ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशले १४.३ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर २.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान र आर्थिक वर्ष २०८१/८२ मा ४.२७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्य (२९.८%) को रहने र सबैभन्दा न्यून योगदान प्रशासनिक तथा सहयोगी सेवा (०.४%) को रहने प्रारम्भिक अनुमान रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा पनि कृषि, वन तथा मत्स्यको (३०.१%) योगदान अग्रस्थानमा हुने र प्रशासनिक तथा सहयोगी सेवाको योगदान अन्तिम स्थान (०.४%) मा रहने संशोधित अनुमान गरिएको छ। लुम्बिनी प्रदेशमा ‌औद्योगीक वर्गिकरण ‍अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (९.१८%) र सबैभन्दा थोरै (-०.१९%) सार्वजनिक प्रसाशन तथा रक्षाको हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँस (८.३८%) र सबैभन्दा थोरै (१.३५%) निर्माणको रहने संशोधित अनुमान गरिएको छ।

 कर्णाली प्रदेश
आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. २ खर्ब ७७ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने आर्थिक वर्ष २०८१/८२ मा रु. २ खर्ब ६३ अर्ब रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ४.२ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशले ४.३ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर २.९४ प्रतिशत हुने प्रारम्भिक अनुमान र आर्थिक वर्ष २०८१/८२ मा ५.२५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्यको (३१.५२%) रहने र सबैभन्दा न्यून योगदान खानी तथा उत्खनन्को (०.१५%) रहने प्रारम्भिक अनुमान रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा पनि कृषि, वन तथा मत्स्यको (३१.४%) अग्रस्थानमा हुने अनुमान र खानी तथा उत्खनन् क्षेत्रको योगदान अन्तिम स्थान (०.१६%) मा रहने संशोधित अनुमान गरिएको छ। कर्णाली प्रदेशमा ‌औद्योगीक वर्गिकरण ‍अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै वित्तिय तथा विमा सेवाको (६.५४%) र सबैभन्दा थोरै (०.०५%) सार्वजनिक सेवा तथा रक्षाको हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै वित्तिय तथा विमा सेवाको (८.४०%) र सबैभन्दा थोरै (१.२६%) खानि तथा उत्खनन्को रहने संशोधित अनुमान गरिएको छ।

 सुदुरपश्चिम प्रदेश
आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. ४ खर्ब ६३ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने आर्थिक वर्ष २०८१/८२ मा रु. ४ खर्ब ४१ अर्ब रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ७.० प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशले ७.१ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर ३.२८ प्रतिशत हुने प्रारम्भिक अनुमान र आर्थिक वर्ष २०८१/८२ मा ३.२१ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्यको (३३.४%) रहने र सबैभन्दा कम प्रशासनिक तथा सहयोगी सेवाको (०.१%) रहने प्रारम्भिक अनुमान रहेको छ।आर्थिक वर्ष २०८१/८२ मा पनि कृषि, वन तथा मत्स्यको (३३.६%) योगदान सहित अग्रस्थानमा हुने र प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान (०.१%) मा रहने संशोधित अनुमान गरिएको छ। सुदूरपश्चिम प्रदेशमा ‌औद्योगीक वर्गिकरण ‍अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल मूल्य अभिवृद्धिको वार्षिक वृद्धिदर सबैभन्दा धेरै वित्तिय तथा विमा सेवाको (७.९८%) र सबैभन्दा कम (-०.१८%) सार्वजनिक सेवा तथा रक्षाको हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (७.७१%) र सबैभन्दा कम निर्माण (-२.०४%) को रहने संशोधित अनुमान गरिएको छ।

 प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन

आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको हुने प्रारम्भिक अनुमान रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन यू.एस. डलरमा बागमती प्रदेशको २६४४, गण्डकी प्रदेशको १६५१, कोशी प्रदेशको १४१०, लुम्बिनी प्रदेशको १२०८, सुदुरपश्चिम प्रदेशको ११७०, कर्णाली प्रदेशको ११०८ र मधेश प्रदेशको ९३४ हुने प्रारम्भिक अनुमान गरिएको छ। चालु आर्थिक वर्षका लागि राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन यू.एस. डलरमा १५१३ हुने प्रारम्भिक अनुमान गरिएको छ। यस हिसाबले बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औषतभन्दा कम रहेको देखिन्छ। प्रादेशिक प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनसम्बन्धी विस्तृत विवरण चित्र ३ मा प्रस्तुत गरिएको छ।

 

कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशमा रहेको छ । यस प्रदेशबाट २४ खर्ब २३ अर्ब गार्हस्थ्य उत्पादन गर्ने अनुमान गरिएको छ । दोस्रोमा कोशी रहेको छ । कोशी प्रदेशबाट १० खर्ब ४३ अर्ब रुपैयाँको अनुमान गरिएको छ । सबैभन्दा थोरै कर्णाली प्रदेशबाट २ खर्ब ७७ अर्ब रुपैयाँ अनुमान गरिएको छ।

यस्तै, लुम्बिनी प्रदेशले ९ खर्ब ३७ अर्ब, मधेश प्रदेशले ८ खर्ब ६३ अर्ब, गण्डकी प्रदेशले ५ खर्ब ९३ अर्ब र सुदूरपश्चिम प्रदेशले ४ खर्ब ६४ अर्ब योगदान पुर्‍याउने देखिएको छ। 

चालु आवमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५१३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यसमा पनि बागमती प्रदेशबाट धेरै गार्हस्थ्य उत्पादन अनुमान गरिएको छ। सरकारले यस प्रदेशबाट २ हजार ६४४ अमेरिकी डलर गार्हस्थ्य उत्पादन गर्ने अनुमान गरेको छ ।

गण्डकी प्रदेशबाट १ हजार ६५१ अमेरिकी डलर, कोशी प्रदेशबाट १ हजार ४१० अमेरिकी डलर, लुम्बिनी प्रदेशबाट १ हजार २०८ अमेरिकी डलर, सुदूरपश्चिम प्रदेशबाट १ हजार १७० अमेरिकी डलर, कर्णाली प्रदेशबाट १ हजार १०८ अमेरिकी डलर गार्हस्थ्य उत्पादन अनुमान गरिएको छ । यता, सबैभन्दा थोरै मधेश प्रदेशबाट ९३४ अमेरिकी डलर गार्हस्थ्य उत्पादन अनुमान गरिएको हो ।

तथ्याङ्क अनुसार बागमती प्रदेशमा कृषि क्षेत्रतर्फ कम योगदान देखिएको छ। यस प्रदेशमा कृषि क्षेत्र मात्र ११.८ प्रतिशत हुने अनुमान गरिएको छ।  बाँकी ६ प्रदेशमा भने अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान बढी देखिएको छ। सबैभन्दा बढी मधेश प्रदेशको कृषि क्षेत्रतर्फ ३५.१ प्रतिशत योगदान रहेको छ।

Leave Your Comment

Related News