काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य पदमा दरखास्त दिने उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ। मन्त्रालयले बिहीबार अध्यक्षमा आबेदन दिएका ३२ जनाको र रिक्त ४ सदस्यमा नियुक्तिको लागि आवेदन दिने ३३ जनाको नामावली सार्वजनिक गरेको हो।
सार्बजनिक गरिएका नाममा लेखा तथा लेखा परिक्षण सदस्य पदमा ९ जना सदस्य बजार ब्यबस्थापनमा ५ जना सदस्य प्रशासन र प्रविधिक पदमा १५ जना सदस्य कानून पदमा ४ जनाले आवेदन दिएका छन् ।
अध्यक्षमा आवेदन दिनेहरुमा दूरसञ्चार प्राधिकरणका निमित्त अध्यक्ष अर्जुन घिमिरे, नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य, प्राधिकरणकै पूर्वनिर्देशक अम्बर स्थापित, सूचना प्रविधि विज्ञ डा. राजिब सुब्बा छन्।
बर्तमान सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ल्याएर १५ सय ३४ राजनीतिक नियुक्ति खारेज गरको थियो । राष्ट्रपतिले अध्यादेश जारी गरेपछि मन्त्रालयले वैशाख २१ गते आफू मातहत रहेको दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी तथा सदस्यहरु कृष्णप्रसाद पोख्रेल, नवराज अधिकारी, रविन्द्र झा र गोकर्णप्रसाद सिटौलालाई स्वत: पदमुक्त भएका थिए ।
[pdfjs-viewer url=”https://equitynepal.com/wp-content/uploads/2026/05/नेपाल-दूरसञ्चार-प्राधिकरणको-अध्यक्ष-तथा-सदस्य-पदका-आवेदकहरुको-नामावली


