काठमाडौं । बिहीबार नेप्से घट्दा कारोबार रकम बढेको छ । बिहीबार नेप्से परिसूचक १२.३६ अंकले घटेर २७४२.११ विन्दुमा पुगेर बन्द भएको छ । सेन्सेटिभ इन्डेक्स १.५७ , फोल्ट इन्डेक्स ०.८७ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.५५ अंकले घटेको हो ।
यसदिन ३४८ वटा कम्पनीको ८९ लाख ५५ हजार ५४५ कित्ता शेयर खरिद बिक्रीहुँदा कारोबार रकम ३ अर्ब ८९ करोड ८४ लाख पुगेको छ । जुन बुधबारको तुलनामा ७ करोड ७६ लाखले कम हो । बुधबार १ करोड ६ लाख ६१ हजार कित्ता शेयर कारोबार हुँदा कारोबार रकम ३ अर्ब ८२ करोड ८ लाख पुगेको थियो ।
बिहीबार १३ वटा उप समूहमध्ये ११ वटा उपसमूह घट्दा एउटा बढेको र एउटा स्थिर रहेको छ । म्युअुचल फण्ड ०.०३ अंकले बढ्दा बैंकिङ ८, विकास बैंक १८, वित्त ५, होटल र पर्यटन ६८, जलविद्युत २७, लगानी ०.३४, जीवन बीमा १३.४३, उत्पादन र प्रशोधन ४१, लघुवित्त २४ , निर्जीवन बीमा ४६ र अन्य ६ अंकले घटेको हो । व्यापार भने स्थिर रहेको छ ।
यसदिन सर्वाधिक कारोबार हुनेमा आँखु खोला जलविद्युत कम्पनीको १७ करोड ७२ लाख कारोबार भएको छ । रिधी पावर कम्पनीको् १५ करोड ७ लाख र बुगल हाइड्रोको १३ करोड ५९ लाख बराबर कारोबार भयो । प्रभु बैंक डिबेन्चर, बुगल हाइड्रो र लक्ष्मी डिबेन्चरले सार्वाधिक कमाउदा सर्वाधिक गुमाउनेमा अप्पर लोहोर खोला हइड्रोपावर , झापा इनर्जी र माउन्टेन हाइड्रो नेपाल रहेको छ ।


