CLI

भारतिय युवामा लोकप्रियता हासिल गरेको कक्रोच जनता पार्टीको एक्स खाता भारतमा बन्द

काठमाडौं । भारतिय युवामाझ छोटो समयमानै लोकप्रियता हासिल गरेको राजनीति सामाजिक बिकृतीलाइ मुल एजेण्डा बनाएको कक्रोज जनता पार्टीको  एक्स खाता भारतभित्र बन्द गरिएको छ । व्यंग्यात्मक राजनीतिक अभियानका रूपमा सुरु भएको उक्त समूहको एक्स खाता ‘withheld in India’ बन्द  गरिएको हो ।

समूहका संस्थापक अभिजीत दिप्केले आफ्नो एक्स खाता भारतमा बन्द भएको जानकारी दिएका छन् ।

उक्त खाताले  भारतको सत्तारुढ दल भाजपाको इन्स्टाग्राम फलोअर्स संख्यालाई उछिनेको छ  । भारतीय सञ्चारमाध्यममा  भए अनुसार  ‘कक्रोच जनता पार्टी’ ले केही दिनमै इन्स्टाग्राममा करोडौं फलोअर्स बनाएको छ  ।

यो अभियान  केही दिनअघि मात्रै भारतको सर्वोच्च अदालतमा भएको एउटा टिप्पणीपछि चर्चामा आएको थियो । भारतका प्रधानन्यायाधीश सूर्यकान्तले बेरोजगार युवालाई ‘cockroach’ सँग तुलना गरेको भनाइपछि त्यसको व्यंग्यात्मक प्रतिक्रियाका रूपमा ‘Cockroach Janta Party’ अभियान सुरु गरिएको थियो  ।  प्रधानन्यायाधीश सूर्यकान्तले शनिबार आफ्नो भनाइको आशय त्यस्तो नभएको र यसले भारतीय युवामा परेको चोकप्रति माफी मागेका थिए ।

 कक्रोज जनता पार्टीको यो समूहले आफूलाई “युवाको राजनीतिक आवाज” का रूपमा प्रस्तुत गर्दै बेरोजगारी, अभिव्यक्ति स्वतन्त्रता, परीक्षा प्रणाली, महँगी र राजनीतिक उत्तरदायित्वजस्ता विषय उठाउँदै आएका छन्  । सामाजिक सञ्जालमा यसको लोकप्रियता अस्वाभाविक रूपमा बढेपछि भारतीय डिजिटल राजनीतिक वृत्तमा यसबारे तीव्र बहस सुरु भएको थियो ।

एक्स खातामाथिको प्रतिबन्धपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ । केही प्रयोगकर्ताले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भनेका छन् भने अर्का समूहले यसलाई केवल ‘भाइरल व्यंग्य अभियान’ मात्र भएको टिप्पणी गरेका छन् । रेडिट र अन्य प्लेटफर्ममा सरकारको कदमलाई लिएर आलोचना र समर्थन दुवै देखिएको छ ।

यसबीच, समूहका संस्थापक दिप्केमाथि भारतको Aam Aadmi Party (आप) सँग विगतमा निकट रहेको आरोपसमेत सार्वजनिक भएको छ । केही भारतीय सञ्चारमाध्यमले उनी पूर्व ‘आप’ स्वयंसेवक रहेको उल्लेख गरेका छन् ।

एक्स खातामा भारतमा प्रतिबनध लागेपश्चात पुन नयाँ एकस खाता खोली भारतिय युवलाइ जोड्ने तयारी भइरहेको बताइएको छ ।

Leave Your Comment

Related News