CLI

एफएनसीसीआईले सार्वजनिक गर्‍यो उम्मेदवारको नामावली

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरिएको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीअनुसार वरिष्ठ उपाध्यक्ष पदका लागि रामचन्द्र संघई, सुरकृष्ण वैद्य र हेमराज ढकालले उम्मेदवारी दर्ता गराएका छन् । उक्त पदमा एक जना निर्वाचित हुनेछन् ।

रामचन्द्र संघईको प्रस्तावक इश्वर जीसी र समर्थक अभिषा मल्ल रहेका छन्। सुरकृष्ण वैद्यको प्रस्तावक कृष्णप्रसाद शर्मा तथा समर्थक रविन पुरी रहेका छन्। हेमराज ढकालको प्रस्तावक नरेशलाल श्रेष्ठ र समर्थक लिलेन्द्रप्रसाद प्रधान छन्।

त्यस्तै कोषाध्यक्ष पदका लागि मनिष लाल प्रधान र अम्बिका प्रसाद पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ । मनिष लाल प्रधानको प्रस्तावक दिल सुन्दर श्रेष्ठ तथा समर्थक नानीराज घिमिरे रहेका छन् भने अम्बिका प्रसाद पौडेलको प्रस्तावक बाबुकाजी कार्की र समर्थक भक्तबहादुर हमाल छन् ।

 

Leave Your Comment

Related News