CLI

दुर्घटनाग्रस्त सौर्य एयरको जहाज प्रभु इन्स्योरेन्समा ३० करोडको बीमा

काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाम परेको जहाज प्रभु इन्स्योरेन्समा बीमा गरिएको छ। सौर्य एयरले सीआरजे २०० जहाज प्रमु इन्स्यारेन्समा ३० करोड रुपैयाँको बीमा गरेको थियो।

जहाज करिब पूर्व रुपमा क्षति भएकाले कम्पनीले ३० करोड रुपैयाँ हाराहारीको बीमा दाबी भुक्तानी पाउने छ।

उक्त बिमानको बीमा विदेशी कम्पनीमा पुनर्बीमा गरिएकाले सम्पूर्ण दाबी भुक्तानी प्रभु इन्स्यारेन्सले गर्नु पर्ने छैन।
प्रभु इन्स्योरेन्सका अनुसार ३० करोड रुपैयाँमध्ये ०.३ प्रतिशत अर्थात् ९ लाख रुपैयाँ कम्पनीको दायित्वमा पर्ने भएको छ ।

बाँकी ९९.७ प्रतिशत दायित्व बेलायती पुनर्बिमा कम्पनीले बेहोर्नेछ ।

बीमा सवार प्रतियात्रु २० हजार अमेरिकी डलर बराबरको बीमा गरिएको छ

विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने घाइते क्याप्टेन मनीष शाक्यको केएमसीमा उपचार भइरहेको छ।

Leave Your Comment

Related News