CLI

हालसालै आइपीओ जारी गरेको होटल फरेष्ट इन १८ करोड १० लाख घाटामा, यसकारण व्यहोर्यो नोक्सानी

काठमाडौं । हालसालै आइपीओ जारी गरेको होटल फरेष्ट इनले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १८ करोड १० लाख रुपैयाँ घाटा व्यहोरेको छ ।  गत वर्षको सोही अवधिमा कम्पनी १० करोड १६ लाख रुपैयाँ नोक्सानीमा थियो ।

होटलको सञ्चालन आम्दानि ८ करोड ४ लाखबाट बढेर १३ करोड १९ लाख रुपैयाँ पुगेको छ । अन्य आम्दानी १ लाख ६३ हजारबाट बढेर ४ करोड ८५ लाख पुगेको छ । यता, वित्तीय खर्च पनि ३ करोड ८८ लाखबाट बढेर १२ करोड ९ लाख रुपैया पुगेको छ ।

उक्त खर्च बढ्दा कम्पनीले घाटा व्यहोरेको छ । २ अर्ब चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ ४२ करोड ५ लाखले ऋणात्मक छ । अन्य इक्विटी ६३ करोड छ । प्रतिसेयर आम्दानी १२.०७ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ११०.५१ रुपैयाँ छ । कम्पनीले गएको माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणलाई आइपीओ जारी गरेको थियो ।

Leave Your Comment

Related News