CLI

कजारिया रमेश टायल्सको नयाँ शोरुम दलदलेमा 

दलदले । कजारिया रमेश टायल्स लिमिटेडले नवलपुरको दलदलेमा आफ्नो नयाँ शोरुम सुरु गर्दै गण्डकी प्रदेशमा आफ्नो बजार थप विस्तार गरेको छ । राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कद्वारा व्यवस्थापन गरिएको यस नयाँ शोरुमले विश्वस्तरीय र प्रतिष्ठित वाल तथा फ्लोर टायलहरू सिधै स्थानीय उपभोक्ताहरू माझ उपलब्ध गराउनेछ ।

यस शोरुमको औपचारिक उद्घाटन हिजो, २०८३ जेठ १२ का दिन दिउँसो १२ः१५ बजे गरिएको थियो । उद्घाटन कार्यक्रममा कजारिया रमेश टायल्सका निर्देशक श्री हिमांशु अग्रवाल र मिस नेपाल वल्र्ड २०२४ आस्मा कुमारी के.सी. को गरिमामय उपस्थितिका साथै कजारिया रमेश टायल्स लिमिटेडका वरिष्ठ प्रतिनिधिहरू र राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कको व्यवस्थापन टोलीको सहभागिता रहेको थियो, जसले स्थानीय बासिन्दाहरूलाई नयाँ शोरुमको अवलोकनका लागि हार्दिक स्वागत गरेका थिए ।

शोरुमलाई ग्राहकवर्गलाई आकर्षित गर्ने र सहजता प्रदान गर्ने किसिमको आधुनिक शैलीमा व्यवस्थित गरिएको छ । यहाँ आउने ग्राहकहरूले कजारिया उत्कृष्ट वाल र फ्लोर टायल्सका विविध विकल्पहरू प्रत्यक्ष रूपमा छामेर, यसका बुट्टा र फिनिसिङ अवलोकन गरी आफ्ना घर तथा परियोजनाहरूका लागि उपयुक्त डिजाइन सहजै रोज्न सक्नेछन् ।

“राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कसँगको हाम्रो साझेदारी ठूला शहरहरू मात्र सीमित नभई बाहिरका समुदायहरूसम्म पुग्ने हाम्रो निरन्तर प्रयासको एउटा महत्त्वपूर्ण पाटो हो । हाम्रो उद्देश्य नवलपुरका बासिन्दाहरूले कजारियाको विश्वसनीय गुणस्तर र आधुनिक डिजाइनहरू सजिलै प्राप्त गरुन् र उहाँहरुको घर निर्माण तथा पुनःनिर्माणका योजनाहरूलाई साकार पार्न मद्दत पुगोस् भन्ने हो,” कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक  हिमांशु अग्रवालले भने ।

यो शोरुम अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला भइसकेको छ । दलदले, नवलपुर तथा आसपासका क्षेत्रका बासिन्दाहरूलाई शोरुममा आई नयाँ कलेक्सनहरू अवलोकन गर्न हार्दिक निमन्त्रणा गरिएको छ ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ ।

Leave Your Comment

Related News