काठमाडौं । त्रिभुबन विश्व बिध्यालय सहित ८ विश्वबिध्यालयका उपकुलपति छनौट गर्न गठित छनौट समितले यी विश्वबिध्यालयमा उपकुलपतिको लागि आवेन दिएका २१८ मध्ये १८८ जना योग्य उमेद्वारको दरखास्त स्वीकृत गरेको छ छनौट समितिले बिज्ञ समुह बनाएर कार्ययोजन सहितका गतिबिधिक मूल्याङ्कन गरेर सुची प्रकाशन गरेको हो ।
सरकारले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न “विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” बमोजिम उपकुलपतिक लागि दरखास्ता आब्हान गरेको थियो । आवेदनहरूमध्ये कार्यविधिको व्यवस्थाबमोजिम विश्वविद्यालयगत रूपमा त्रिभुवन विश्व बिध्यालयको उपकुलपतिको लागि ४३ जना पुर्वाञ्चल विश्व बिध्यालयको उपकुलपतिको लागि ३४ जना पोखरा बिश्व बिध्यालयको उपकुलपतिको लागि ३३ जना राजर्षि जनक विश्वविध्यालयको लागि २१ जना सुदुरपश्चिम विश्वबिध्यालयको लागि १८ जना मध्य पश्चिम विश्व बिध्यालको लागि १७ जना कृषि तथा वन विश्व बिध्यालयको लागि १३ जना लुम्विनि वौद विश्व बिध्यालयको लागि ७ जनाको दरखास्त स्वकृत गरेको छ
दरखास्त सिफारिस समितिले २०८३जेठ १३ मा बसेको समितिले स्वीकृत गरिएको जानकारी दिएको छ ।


