बिहीबार यी हुन् २० वटा सबैभन्दा बढी करोबार हुने कम्पनी

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.०९ अंकले बढेर ४६०.०३ विन्दुमा पुगेर बन्द भएको छ ।
बिहीबार १४३ वटा कम्पनीको सेयर मूल्य बढु्दा ९६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै बिहीबार ३२० वटा कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रुपैयाँ रह्यो । बुधबारको तुलनामा बिहीबार कारोबार रकममा २ अर्ब ७ करोड रुपैयाँले कमी आएको छ । बुधबार भने ३११ वटा कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने १६ अर्ब २० करोड ८५ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

बिहीबार १३ वटा समूह परिसूचकहरु मध्ये ९ वटा समूहको सेयर मूल्य बढ्दा बाँकी ४ वटा समूहको सेयर मूल्य घटेको छ । बैकिङ १९.२६, वित्त ३५.९५, होटल र पर्यटन २७.८४, जीवन बीमा ८६.३६, उत्पादन र प्रशोधन ६६.८८, लघुवित्त ३५६.२३, म्युअुचल फन्ड ०.१४, निर्जीवन बीमा ३६९.७८ र व्यापार ३०.३७ अंकले बढेदा विकास बैंक १७.९५, जलविद्युत ३.२७, लगानी ०.६८ र अन्य समूह ६.३२ अंकले घटेको हो ।
बिहीबार सबैभन्दा बढी कारोबार हुनेमा सानिमा जर्नरल इन्स्योरेन्स लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स, शिवम सिमेन्ट लिमिटेड, फ्रस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र हिमालयन रिइन्स्योरेन्स रह्यो । सानिमा जर्नरल इन्स्योरेन्स लिमिटेडको ३४ करोड १७ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको २४ करोड ६४ लाख रुपैयाँ, शिवम सिमेन्ट लिमिटेडको २३ करोड ७२ लाख रुपैयाँ, फ्रस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २३ करोड ५९ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको २० करोड ६८ लाख रुपैयाँ बराबर कारोबार भयो ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार