CLI

इरानले भन्यो– अधिकार सुनिश्चित नभएसम्म कुनै सम्झौता हुँदैन

काठमाडौं । अमेरिकाले इरानलाई कडा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्टहरू बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले आइतबार तेहरान संयुक्त राज्य अमेरिकासँग जस्तोसुकै सम्झौतामा पनि सहमत हुन नसक्ने बताएका छन् । प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र स्ट्रेट अफ हर्मुजको जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्ने उनको भनाइ थियो ।

न्यूयोर्क टाइम्स र एक्सियोसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै शनिबार लेखेका छन्, “ट्रम्पले ‘कडा’ सर्तहरू साथ इरानलाई नयाँ ढाँचा फिर्ता पठाउनु भएकोछ । यद्यपि विस्तृत विवरण खुलाइएको छैन । यही विषयमा सरकारी टेलिभिजनमा प्रसारण गरिएको भिडियोमा मोहम्मद बाघर गालिबाफले भनेकँ छन्, “इरानी जनताको अधिकार सुनिश्चित नभएसम्म हामी कुनै पनि सम्झौतालाई अनुमोदन गर्दैनौँ ।”

ट्रम्पले आफ्ना प्राथमिकताहरूमा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुजको जलमार्गलाई पुनः खोल्नुपर्ने रहेको बताएका छन् ।उनले भने, “मलाई इरानले एउटा सुनिश्चितता यो गरेको छ कि उनीहरूसँग यस्ता आणविक हतियार हुनेछैनन् । उनीहरू यसमा सहमत भएका छन्, र यो धेरै अनौठो कुरा भएको छ ।”

Leave Your Comment

Related News