CLI

परराष्ट्रको प्रष्टीकरण– प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित छ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रष्टीकरण दिएको छ ।

प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए ।

उनको उक्त अभिव्यक्तिबारे चर्को आलोचना भइरहेको छ । यसबारे प्रष्टीकरण दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जवाफ दिएका हुन् ।

उनले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल भारत सिमाना अन्तरगत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ । ती स्थान बाहेक अन्य केही स्थानहरूमा “क्रस बोर्डर अकुपेसन“ तथा दशगजा अतिक्रमणको समस्याहरू विद्यमान छन् ।’

Leave Your Comment

Related News