काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीका अनुसार काठमाडौं उपत्यकामा जेठ १८ गते बिहान ६ बजेसम्म गरिएको २४ घण्टे ट्राफिक चेकिङमा २ हजार २४४ जना चालकमाथि कारवाही भएको छ। जसबाट १२ लाख ४ हजार ५०३ रुपैयाँ जरिवाना संकलन भएको छ।
मापसे गरी सवारी चलाउने ११७ जना, अफलाइन राइड शेयरिङ गर्ने १५९ जना, रातो बत्तीमा सवारी चलाउने १४९ जना, तीव्र गतिमा सवारी चलाउने २२७ जना र लेन अनुशासन उल्लंघन गर्ने १०० जना चालकलाई कारवाही गरिएको छ।
त्यसैगरी सडक फुटपाथमा सवारी पार्किङ गर्ने १२७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०९ जना, एकतर्फी बाटोमा सवारी चलाउने १२१ जना र अन्य ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १३५ जनालाई कारवाही गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।


