CLI

नेपाल बैंक लिमिटेड र मेधर्म क्लिनिक्स बिच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई काठमाण्डौं दरवारमार्गमा रहेको मेधर्म क्लिनिक्स् प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा नेपाल बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता  २०८३ साल जेठ १३ गते भएको बैंकले जनाएको छ ।

सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई मेधर्म क्लिनिक्स्द्वारा तोकिएको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १५% छुट हुने व्यवस्था गरिएको छ । सम्झौता पत्रमा नेपाल बैक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख  निर्मल सुवेदी र मेधर्म क्लिनिक्स् प्रा.लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. अनुप सुवेदीले हस्ताक्षर गरे।

यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू तथा बैंकमा कार्यरत कर्मचारीहरूलाई मेधर्म क्लिनिक्स् प्रा.लि. द्वारा प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुने विश्वास गरिएको छ ।

 

Leave Your Comment

Related News