CLI

एशियन लाइफको बीमालेख नवीकरणमा शतिप्रतिशतसम्म छुट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा १०० प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीका अनुसार २०८२ वैशाख मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महीना नाघेका (पूर्ण व्यतित भएका) बीमालेखहरू जेठ २० गतेदेखि असार १९ गतेभित्र नवीकरण गरेमा सोमा लाग्ने ब्याजमा छुट दिइने भएको हो ।

वि.सं. २०७८ जेठ २० गतेभन्दा अघि (५ वर्षभन्दा बढी) व्यतित भएका बीमालेखमा २५ प्रतिशत, वि.सं. २०७८ जेठ २० देखि (५ वर्ष) व्यतित भएका बीमालेखमा ५० प्रतिशत र वि.सं. २०८१ जेठ २० गतेदेखि हालसम्म (२ वर्ष) व्यतित भएका बीमालेखमा १०० प्रतिशत छुट दिइने जनाएको छ ।

कम्पनीले २ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुट नपाइँने र एक पटक ब्याज छुट लिइसकेका बीमितहरूलाई पुनः ब्याज छुट प्रदान नगरिने स्पष्ट पारेको छ।

 

Leave Your Comment

Related News