CLI

सिङ्गापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली, नेपालको सुधार, सबैभन्दा कमजोर अफगानी

काठमाडौं । नेपाली राहदानीको स्तरमा सुधार आएको छ ।

‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले सार्वजनिक गरेको २०२६ को  प्रतिवेदनअनुसार नेपाल ९७औँ स्थानमा उक्लिएको छ। गत वर्ष नेपाल १०१औँ स्थानमा थियो।

यसरी नेपाल चार स्थान माथि उक्लिए पनि पूर्व राहदानी बिना  (भिसा-फ्री) पहुँच हुने देशहरुको सङ्ख्या भने घटेको छ। सन् २०२५ मा ३९ देशमा भिसा-फ्री पहुँच रहेकामा सन् २०२६ मा केवल ३५ देशमा मात्र पूर्वभिसाविना जान पाइने भएको छ।नेपाल र उत्तर कोरिया दुवै देश ९७औं स्थानमा रहेका छन्।

यसैगरी, यस वर्षको तथ्याङ्कअनुसार सिङ्गापुरको राहदानी विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ। सिङ्गापुरका नागरिकले विश्वका १९२ देशहरुमा पूर्व राहदानी बिना   (भिसा-फ्री) पहुँच पाएका छन्।

सूचीको दोस्रो स्थानमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) राहदानी रहेको छ । यी तीन देशका नागरिकले १८७ देशमा भिसा विना प्रवेश पाउँछन्।

त्यस्तै, तेस्रो स्थानमा स्विडेन रहेको छ। स्विडेनका नागरिकले १८६ देशमा भिसाविना प्रवेश पाउनेछन्। चौथो स्थानमा भने १२ वटा युरोपेली देशहरु परेका छन्, जसले १८५ वटा देशमा भिसाविना प्रवेशको सुविधा पाएका छन्।

सबैभन्दा कमजोर पासपोर्ट कुन देशको?

विश्वकै सबैभन्दा कमजोर पासपोर्टको सूचीमा अफगानिस्तान सबैभन्दा पुछारमा अर्थात् १०३औँ स्थानमा रहेको छ। अफगानिस्तानका नागरिकले जम्मा २३ देशमा मात्र भिसाविना प्रवेश पाउँछन्।

त्यसभन्दा एक स्थानमाथि अर्थात् १०२औँ स्थानमा सिरिया रहेको छ, जहाँका नागरिकले २६ देशमा मात्र भिसाविना प्रवेश पाउँछन्। त्यस्तै, इराक २९ स्कोरसहित १०१औँ स्थानमा रहेको छ।

Leave Your Comment

Related News