CLI

समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल

काठमाडौं । चीनका वैज्ञानिकहरूले समुद्री पूर्वानुमान क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता ९एआई० मोडेल सार्वजनिक गरेका छन् । यो प्रणालीले आँधी, अत्यधिक वर्षा, आँधीबाट उत्पन्न समुद्रभित्रका शक्तिशाली तरङ्ग तथा समुद्री बरफ जस्ता जटिल समुद्री घटनाहरूको पनि पूर्वानुमान गर्न सक्छ ।

पूर्वी चीनको शान्दोङ प्रान्तस्थित छिङदाओमा जारी चौथो चीन डिजिटल पृथ्वी सम्मेलनमा शनिबार यस मोडेलको औपचारिक उद्घाटन गरिएको हो ।

चीनको विज्ञान प्रतिष्ठानअन्तर्गतको समुद्र विज्ञान अनुसन्धान संस्थानद्वारा विकसित यो प्रणाली, सन् २०२४ को अन्त्यतिर सार्वजनिक गरिएको अघिल्लो संस्करणको उन्नत रूप हो ।

संस्थानका अध्यक्ष वाङ फानका अनुसार नयाँ प्रणालीले समुद्री अवस्थाको सामान्य पूर्वानुमानबाट अगाडि बढेर जटिल समुद्री घटनाहरूको बुद्धिमत्तापूर्ण विश्लेषण र प्रत्यक्ष पूर्वानुमान गर्न सक्षम भएको छ ।

यो प्रणालीले वायुमण्डलीय तथा समुद्री तथ्याङ्क, उपग्रहबाट प्राप्त बादलका तस्वीर र ऐतिहासिक आँधी मार्गहरूलाई संयोजन गरी पूर्वानुमान गर्छ । यसले विशेषगरी आँधीको अचानक दिशा परिवर्तन र तीव्र रूपमा शक्तिशाली बन्ने प्रक्रिया जस्ता कठिन अवस्थाहरूको भविष्यवाणी गर्न सक्छ ।

विशेषज्ञहरूका अनुसार यसले तटीय क्षेत्रका बासिन्दालाई थप समयमै चेतावनी दिएर ठूलो जनधनको क्षति रोक्न मद्दत पु(याउन सक्छ ।

यो प्रणालीले समुद्रभित्र रहेका शक्तिशाली तर अदृश्य तरंगहरू पनि पहिचान गर्न सक्छ, जसले समुद्री तेल प्लेटफर्म तथा अन्य संरचनामा क्षति पु¥याउन सक्छन् । यसले यस्ता तरंगहरूको आगामी ३० दिनसम्मको विकासक्रम र आगामी सात दिनका गति तथा उचाइसम्बन्धी जानकारी उपलब्ध गराउँछ ।

अन्तर्राष्ट्रिय समुद्री बरफ पूर्वानुमान सञ्जालद्वारा गरिएको स्वतन्त्र मूल्याङ्कनमा यस प्रणालीले सन् २०२५ को सेप्टेम्बर महिनाको आर्कटिक समुद्री बरफ क्षेत्रफलको मौसमी पूर्वानुमानमा विश्वका विभिन्न मोडेलहरूमध्ये पहिलो स्थान हासिल गरेको थियो ।

यो प्रणालीले ३ किलोमिटरको उच्च स्पष्टतामा मासिक स्तरको समुद्री बरफ पूर्वानुमान गर्न सक्छ, जुन आर्कटिक जलयात्रा, जलवायु अनुसन्धान तथा ध्रुवीय नेभिगेसन सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ ।

अनुसन्धान टोलीका अनुसार यो प्रणालीले विभिन्न स्रोतबाट प्राप्त अवलोकन, भौतिक विज्ञानको ज्ञान र कृत्रिम बुद्धिमत्ताको तर्कशक्तिलाई एकीकृत गरेर अझ छिटो, सटीक र अन्तरक्रियात्मक समुद्री पूर्वानुमान सेवा प्रदान गर्छ ।

भविष्यमा यसलाई जलवायु तथा समुद्री पारिस्थितिकीय अध्ययनसँग जोड्दै समुद्री बुद्धिमत्ता मञ्चको रूपमा विकास गर्ने योजना रहेको वैज्ञानिकहरूले बताएका छन् ।

हजारौं वर्षअघि आकाशको अवलोकनबाट सुरु भएको ज्ञानको त्यो परम्परा आज कृत्रिम बुद्धिमत्ताको सहयोगमा महासागरको भविष्य बुझ्ने नयाँ युगमा प्रवेश गरेको छ ।

Leave Your Comment

Related News