CLI

मेसी अर्बपतिको सूचीमा, कति पुग्यो उनको सम्पत्ति ?

काठमाडौं ।लियोनल मेसी अर्बपतिको सूचीमा समावेश भएका छन् । र्फोब्सका अनुसार   उनको कुल सम्पत्ति करिब १ अर्ब १० करोड अमेरिकी डलर पुगेको अनुमान गरिएको छ।

यो सम्पत्ति मुख्यतः उनको खेल जीवनभरको आम्दानी, लगानी तथा सम्पत्तिको मूल्यवृद्धिबाट बनेको हो। साथै, खेल जीवन समाप्त भएपछि इन्टर मियामी फुटलब क्लबमा स्वामित्व हिस्सेदारी (इक्विटी स्टेक) प्राप्त गर्ने विकल्पले पनि उनको सम्पत्तिमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

गत सिजन मैदानभित्रबाट उनले करिब ७ करोड अमेरिकी डलर कमाए भने विज्ञापन, प्रायोजन र अन्य व्यावसायिक गतिविधिबाट थप ७ करोड अमेरिकी डलर आम्दानी गरे। तर अर्को विश्वकपको तयारी गरिरहेका ३८ वर्षीय अर्जेन्टिनी सुपरस्टारले अमेरिकी सपनाको उच्चतम शिखर हासिल गरेका छन्।

सन् १९८६ पछि पहिलो पटक अर्जेन्टिनालाई विश्वकप जिताउन सक्ने नेतृत्वकर्ता हुन् कि होइनन् भन्ने शंकाको सामना वर्षौँसम्म गरेका  मेसीले अन्ततः सन् २०२२ मा फ्रान्सविरुद्धको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप ट्रफी उचाले। तर त्यो ऐतिहासिक सफलताको खुसी धेरै समय टिकेन, किनकि त्यसपछि अर्को ठूलो प्रश्न उठ्यो—अब उनले क्लब फुटबल कहाँ खेल्ने?

पेरिस सेन्ट जर्मनसँगको उनको सम्झौता समाप्त हुन लागेका बेला मेस्सीसँग आफ्ना प्रतिस्पर्धी क्रिस्टीयानो रोनाल्डो  जस्तै साउदी प्रो लिगमा जाने र वार्षिक करिब ४० करोड अमेरिकी डलरसम्मको प्रस्ताव स्वीकार गर्ने अवसर थियो। तर उनले त्यो बाटो रोजेनन्। बरु, उनी अमेरिकाको मेजर लिग स्कोर अन्तर्गतको इन्टर मियामी मा आबद्ध भए। यस निर्णयका कारण उनले केही आर्थिक लाभ गुमाए।

 

Leave Your Comment

Related News